साहुको ऋण तिर्न नसकेपछि वियरसँग विष मिसाएर खाई एक युवकले गरे आत्महत्या



२१ भदौ २०७६, काठमाडौँ

साहुको ऋण तिर्न नसकेपछि बारामा एक युवकले वियरसँग विष मिसाएर खाएर आत्महत्या गरेका छन् ।

कोल्हबी नगरपालिका – ३ प्रसौनाका अन्दाजी ४५ वर्षीय सतङ चौधरीले जितपुर सिमरा–१८ कुस्माडी नजिकै पसाह खोला किनारमा वियरसँग विष मिसाएर सेवन गरि आत्माहत्या गरेका हुन् ।

सतङले साहुको ऋण तिर्न नसकेर आफू मर्न लागेको कुरा भने परिवारलाई भनेका रहेछन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्