२२ भदौ २०७६, काठमाडौँ
यतिबेला सामाजिक सञ्जालमा ११ बर्षिया कमला घिमिरे शीर्ष स्थानमा छिन् । मात्र ११ बर्षकी कमलाले दोहोरी गाएर अहिले सबैलाई चकित बनाइदिएकी छिन् ।
उनले धेरै बर्ष दोहोरी गाउन थालेका गायक गायिकालाई समेत पछि पार्ने गरी लाइभ दोहोरी गाउन सक्छिन् ।
कमलाको कला देखेर उनलाई चर्चित लाइभ दोहोरी गाउँदै आएको इन्द्रेणीले राजधानी बोलाएको छ । अहिले कमला धादिङदेखि काठमाडौँ आएकी छिन् । यस्तै राजधानी आउनासाथ कमलाले सोच्दै नसोचेको सुनौलो अवसर पाइन् ।
उनलाई धमला दम्पत्तिले कक्षा १२ सम्म फ्रि मा पढाउने भएको छ । एक अन्तवार्ता ऋषि धमला र उनकी श्रीमती एलिजा गौतमले कमलालाई १२ कक्षासम्म आफ्नै खर्चमा पढाउने निर्णय सुनाएका छन् ।