२२ भदौ २०७६, काठमाडौँ
दशैँ नेपालीहरुको महान चाड हो । यसलाई हिन्दुधर्मवालम्बीहरुले निकै धुमधामसँग मनाउने गरेका छन् । दशैँ आउन करिब १ महिना बाकिँ छ । तर यसपटकको दशैँको टिका साइत भने सार्वजनिक भैसकेको छ ।
यस बर्षको दशैँको टिकाको साइत असोज २१ गते बिहान १०ः३५ बजे निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।
यस वर्ष असोज १२ गते ९आइतबार०देखि नवरात्र शुरु हुने छ । नवरात्रको पहिलो दिन घटस्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।