२२ भदौ २०७६, काठमाडौँ
भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा बस्दै आएकी ७३ बर्षिया वुद्धाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छिन् । यो कुरा सुनेर धेरैजना चकित भएका छन् । किनकी ७३ बर्षमा बच्चा जन्माउनु भनेको अपत्यारिलो कुरा नै हो ।
येरामति मंगायम्मा नाम गरेकी वृद्धाले गएको बुधबार बिहान १०ः३० बजे अप्रेशन गरेर जुम्ल्याहा छोरीलाई जन्म दिएकी छिन् । ती जुम्ल्याहा बच्चा २१ दिनसम्म चिकित्सकको निगरानीमा रहनेछन् । अहिले आमा र बच्चाको अवस्था राम्रो छ । ती वृद्धाका श्रीमान पनि निकै खुसी छन् ।