जोन्सनको निर्वाचन प्रस्ताव फेरि अस्वीकार



२४ भदौ २०७६, काठमाडौं

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्वाचन प्रस्ताव त्यहाँको हाउस अफ कमन्सले दोस्रोपटक पनि अस्वीकृत गरिदिएको छ।

युरोपेली युनियनबाट बाहिरिने (ब्रेक्जिट) प्रस्ताव संसदबाट अस्वीकृतसँगै हतास बोरिसले अक्टोबर १५ मा निर्वाचन गर्ने प्रस्ताव संसदमा लगेका थिए। तर, उनको यो प्रस्ताव दोस्रोपटक पनि सांसद्हरुले अस्वीकृत गरिदिएका छन्।

बीबीसीका अनुसार, २९३ सांसद्ले मात्र जोन्सनको प्रस्तावमा समर्थन जनाएका छन्। निर्वाचन प्रस्ताव पारितका लागि दुई तिहाइ अर्थात ४३४ मत आवश्यक पर्नेमा १४१ कम मत जोन्सनले पाएका हुन्।

विपक्षी मात्रै नभएर सत्तारूढ दलकै सांसदले नो–डिल ब्रेक्जिटसम्बन्धी विधेयक पारित हुन नदिएपछि जोन्सनले निर्वाचन गराउन चाहेका छन्।

तर, सत्तारूढसँगै विपक्षी दलका केही सांसद् बेक्जिटका लागि बाध्य पार्न जोन्सनले निर्वाचनको कार्ड प्रयोग गर्न खोजेको भन्दै विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्