बलिउड अभिनेत्री प्रियंका चोपडा भन्छिन् : ‘आमा बन्न चाहन्छु’



२५ भदौ २०७६, काठमाडौँ

बलिउड तथा हलिउडकी समेत चर्चित नायिका प्रियंका चोपडाले गत बर्षको डिसेम्बरमा आफ्ना प्रेमी निक जोनससँग विवाह गरेकी थिइन् । सामान्य कुरा हो विवाहपछि महिलालाई बच्चा कहिले जन्माउने भनेर प्रश्न गर्नु । त्यसमाथि प्रियंका त झन सेलिब्रेटी, उनको बारेमा चासो त दर्शकलाई हुने नै भयो ।

यस्तै प्रियंकालाइ पनि लगातार आमा कहिले बन्ने भन्ने प्रश्न आएपछि उनले यसबारे खुलेर जवाफ दिएकी छिन् । प्रियंकाले आफूलाई छिट्टै आमा बन्ने रहर भएको बताइन् । उनले मात्र नभएर  निकले समेत आफूलाई बाबु बन्ने रहर भएको व्यक्त गरेका थिए ।

प्रियंकाले पहिले आफू एउटा घर किन्ने र बच्चा जन्माउने सोच रहेको बताइन् । प्रियंकालाई बच्चाहरु निकै मन पर्छ । जसका कारण पनि उनी आफैँ चाडैँ आमा बन्न चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्