२५ भदौ २०७६, काठमाडौँ
ऋषि धमलाकी पत्नी एलिजा गौतम हिजोराति क्यानडा उडेकी छिन् । धेरैलाई थाहा होला ऋषि धमलाकी छोरी एरिकाको एउटा हातको आधार अंश छैन । जसका कारण छोरीको उपचारको लागि उनी क्यानडा उडेकी हुन् । अब छोरीको हात हालेर मात्र उनी फर्कनेछिन् ।
त्यसबाहेक उनले त्यहाँ आफ्नो पढाइलाई पनि निरन्तरता दिने सोच बनाएकी छिन् । मध्यरातमा श्रीमती र छोरीलाई एयरपोर्ट छोड्न गएका ऋषि एयरपोर्टमै निकै भावुक भए ।
उनले आफूलाई छोरी र श्रीमतीबाट हुन मन नभएको तर छोरीको उपचारको लागि केही समयको लागि आफू टाढा हुनु परेको बताए । ऋषिले यसपालीको दशैँ भने आफूले क्यानडामा मनाउने सोच बनाएको बताए ।