विदेशीले खुसी हुँदै सहयोग स्वरुप अघोरी बाबालाई दिए १ लाख १७ हजार



२५ भदौ २०७६, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा अघोर बाबा निकै भाइरल छन् । सायद उनलाई नचिन्ने अहिले कोहीपनि छैनन् होला । लामो समयदेखि उनी बाबाको रुपमा परिचित छन् । बाबाजीले अब नयाँ कामको थालनी गर्ने भएका छन् ।

उनको विचार भने निकै राम्रो रहेको छ । उनी हरपल देशको सेवाको लागि काम गर्नुपर्ने बताउँछन् । त्यसबाहेक मानव भएर मानवको कल्याणको बारेमा नसोच्नेहरु कामै नलाग्ने हुन् भन्दै उनले आक्रोश ब्यक्त गरेका छन् ।

उनको विचार र कुरा सुनेर धेरै प्रभावित भएका छन् । बाबाले आफू मर्नुअघि देश र जनताको प्रगति भएको हेर्ने मन भएको बताए । यस्तै बाबालाई सहयोग स्वरुप विदेशी नागरिकले १ लाख १७ हजार दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्