दुई तेल कम्पनीमा ड्रोनद्वारा आक्रमण(भिडियो सहित)



२८ भदौ २०७६, काठमाडौं

साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामको दुई ओटा प्लान्टमा ड्रोनबाट आक्रमण गरिएको छ।

आधिकारिक साउदी प्रेस एजेन्सीका अनुसार, अरामको औद्योगिक सुरक्षा बलले अब्कैक र खुरैसमा ड्रोनको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

यसअघि पनि साउदी अरबको पूर्वी भागमा रहेको साउदी अरामको दुई ओटा प्लान्टमा विस्फोट र आगलागीको समाचार बाहिर आएको थियो।

साउदी अरामलाई आतंकवादी निशाना बनाइँदै आएको छ। आतंकवादी संगठन अल कायदाको आत्मघाती विस्फोटले सन् २००६ को फेब्रुअरीमा यी तेल कम्पनीमा आक्रमण गर्ने कोसिस गरेको थियो तर त्यो सफल भएन।

यद्यपि त्यसमा आगलागीको कारण बताइएको थिएन। साउदी अराम साउदी अरबको राष्ट्रिय पेट्रोलियम र पाकृतिक ग्यास कम्पनी हो।

राजस्वको मामिलामा यो विश्वको कच्चा तेलको सबैभन्दा ठूलो कम्पनी हो। दुबईमा रहेको प्रसारणकर्ता अल–अरबियाले यो घटनासँग जोडिएको एउटा भिडियो देखाएको थियो, जुन भिडियोमा आगो लागेको र गोली चलेको आवाज आइरहेको छ।

https://youtu.be/jYCumB87xO8?t=2

प्रतिक्रिया दिनुहोस्