स्व. इन्द्र बहादुर तामाङको स्मृतिमा निःशुल्क दन्त तथा रक्तदान सम्पन्न (फोटो फिचर)



२८ भदौ २०७६, काठमाडौं

स्व. इन्द्र बहादुर तामाङको स्मृतिमा बूढानीलकण्ठ स्वास्थ्य सेवा फाउण्डेशन र बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ को संयोजनमा बूनपा ८ स्थित गोल्फुटार बास्केटबल ग्राउण्डमा निःशुल्क दन्त तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा करिब दुई सय स्थानीयले स्वास्थ्य परीक्षण गरेका थिए भने विभिन्न रक्तदाताबाट ३६ पिन्ट रगत संकलन भएको वडाध्यक्ष सुमन तामाङले जानकारी गराए ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, स्थानीय जनप्रतिनिधिहरु र समाजसेवीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्