२९ भदौ २०७६, काठमाडौँ
भारतमा एकजना ३२ बर्षिया युवकले अमेरिका जानको लागि ८० बर्षिया वृद्धको भेष बनाएपछि पक्राउ परेका छन् ।
भारतको अहमदाबादमा बस्ने जयश पटेल विमानस्थलमा ८० बर्षको वृद्धजस्तो ह्वीलचियरमा बसेर आएका थिए । उनलाई देखेर केही गडबढी भएजस्तो शंका लागेपछि प्रहरीले उनलाई विचमै रोकेर सोधपुछ गर्दा उनको वास्तविकता बाहिर आएको हो ।
न्यूओर्क जानको लागि भिषा नपाएपछि उनले यस्तो चाल चलेका रहेछन् । पाल र दाह्री उनले सेतो रंगले पोते । उनले क्लीयरेन्स पाउनु चाहिँ अचम्मको कुरा भयो ।