साहिदभन्दा १४ बर्ष कान्छी उनकी श्रीमतीले भनिन् : ‘साहिदको अनुभवको फाइदा लिन्छु’



२९ भदौ २०७६, काठमाडौँ

शाहिद कपुर बलिउडमा चकलेटी अभिनेताको रुपमा परिचित छन् । उनले बलिउडमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएका छन् । पछिल्लो समयमा उनी अभिनीत चलचित्र कबिर सिंह प्रदर्शनमा आएको थियो । जसले ब्लकबस्टर व्यापार गरेको थियो ।

यस्तै साहिद फिल्मी दुनियाँमा मात्र नभएर आफ्नो वैवाहिक जीवनमा पनि सफल मानिन्छन् । साहिदले आफूभन्दा १४ बर्ष कान्छी मिरा राजपूतसँग विवाह गरेका थिए । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुसी छन् । यस्तै एउटा म्यागजिनको लागि फोटोसुट गर्ने क्रममा साहिदकी पत्नी मिराले आफूभन्दा जेठो युवकसँग विवाह गर्दा धेरै फाइदा हुने बताइन् ।

उनले साहिदको अनुभवको आफूले फाइदा उठाउने गरेको बताइन् । उनले साहिदले उनको विगतमा गरेका संघर्षले आफूलाई पनि काम गर्न हौसला मिल्ने बताइन् । उनले साहिदले आफूलाई धेरै कुरामा सहयोग गर्ने गरेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्