२९ भदौ २०७६, काठमाडौँ
आज भदौ २९ अर्थात बालदिवस । आज बाल दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बालदिवसको शुभकामना दिदैँ बालबालिकाको लागि केही बोलेका छन् । प्रधानमन्त्री ओलीले बालिबालिकाको शोषण भएको कुनैपनि हालतमा सह्य नभएको बताएका छन् ।
साथै उनले अभिभावक बिहिन बालिबालिकाको अभिभावकत्व सरकारले निभाउनु पर्ने बताए । प्रधानमन्त्रीले कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको प्रष्ट पारेका छन् ।