०१ असोज २०७६, काठमाडौँ
दयाहाङ राई, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको असोज ३ अर्थात आगामी शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र कबड्डी कबड्डी यो बर्षको बहुप्रतिक्षित चलचित्र हो । ट्रेलर र गीतसंगीतबाट दर्शकको राम्रो साथ पाइरहेको चलचित्रको टिकट बुकिङ खुल्ला गरिएको छ ।
यो चलचित्रले मल्टिप्लेक्समा सर्वाधिक शोज पाएको छ । अझ भन्नुपर्दा यो चलचित्रले मल्टिप्लेक्समा अहिलेसम्मकै सर्वाधिक शोज पाएको छ । यो फिल्मलाई नेपालको सबैभन्दा बढी चेन भएको क्यूएफएक्स सिनेमाज्ले सर्वाधिक सोज बाँडेको छ । काठमाडौंको पाँच स्टेशनमा फिल्मलाई ३७ शो दिइएको छ । यसअघि कुनै नेपाली फिल्मले यो संख्यामा सोज पाएका थिएनन् ।
यसअघि क्यूएफएक्स चेनमा सर्वाधिक सोज फिल्म ‘छक्का पञ्जा ३’ ले पाएको थियो, जसले ३१ सोजमा प्रदर्शन सुरु गरेको थियो । त्यस्तै, ‘कबड्डी कबड्डी कबड्डी’ लाई क्यूएफएक्सले मोफसलको आफ्नो चार स्टेशनमा २७ सोज बाँडेको छ । फिल्मको व्यापारिक हिसाबमा मुख्य कारक मानिएको क्यूएफएक्स चेनले फिल्मलाई आफ्नो देशभरका ९ वटा हलमा कूल ६४ सोज दिएको छ ।