निर्माणाधिन भवनमा ५ शव फेला



०१ असोज २०७६, काठमाडौं

हरियाणाको झज्जरस्थित एक निर्माणाधिन भवनमा ५ शव फेला परेको छ।

पाँचै जनाको कसैले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। तर हत्या के कारणले भएको हो भन्नेबारे खुलेको छैन।

हत्याराको खोजी भइरहेको बताइएको छ। मृतकहरु भवन निर्माणका लागि काम गर्ने मजदुर हुन्।

 

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्