५ बर्षिया बालकले प्रहरीलाई फोन गरेर पिज्जा अर्डर गरे, तस्बिर भयो भाइरल



०१ असोज २०७६, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा एक तस्बिर निकै भाइरल छ । तस्बिरमा एक ५ बर्षिया बालक पिज्जा लिएर उभिइरहेका छन् भने उनको पछाडी केही प्रहरी छन् ।

सामान्यतया प्रहरीको नाम लिने बित्तिकै बच्चाहरु डराउने गर्छन् । जसको कारण आमाबुबाले बच्चाहरुले भनेको कुरा नमान्दा प्रहरीको नाम लिने गर्छन् । तर अमेरिकामा एक ५ बर्षिया बालकले प्रहरीलाई कल गरेर पिज्जा अर्डर गरे ।

यो कुरा सुन्दा पनि अचम्म लाग्न सक्छ । अमेरिकाको फ्लोरिडामा बस्ने ५ बर्षिया बालक मानुयल बेशाराले प्रहरीलाई फोन गरे । उनले फोन मात्र गरेनन् फोनमा आफू भोकाएको भन्दै पिज्जा खान मन लागेको समेत बताए ।

फ्लोरिडा प्रहरीको ९११ मा बालकले फोन गरे लगत्तै उनको घर प्रहरी पुग्यो । प्रहरी कन्ट्रोल रुममा आएको जानकारीलाई पछ्याउदै बालकको घरसम्म प्रहरी पुग्दा ती बालक आफ्नी १५ वर्षीय दिदीसंग थिए ।

सोधपुछका क्रममा मानुयलले फोन गर्दा परिवारका सदस्य त्यसबारे जानकार नरहेको प्रहरीले पत्ता लगायो । तर प्रहरीले बालकले प्रहरी कन्ट्रोल नम्बरमा कल गरेकोले त्यसको उपयोगिता बुझाउदै एउटा पिज्जा समेत दियो ।

प्रतिक्रिया दिनुहोस्