२ असोज २०७६, काठमाडौं
‘राहदानी विधेयक–०७५’ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ।
बिहीबारको संसद बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले केही गम्भीर खालका अपराध रहेको र त्यस्ता अभियोग लागेका व्यक्तिलाई मात्रै नहेरी अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसैअनुसारको व्यवस्था विधेयकमा गरिएको बताएका थिए।