०२ असोज २०७६, काठमाडौँ
६५ बर्षिया बाबुले आफ्नी ३८ बर्षिया छोरीलाई सेक्स टोय उपहार दिएको खबरले अहिले बजार तातिरहेको छ । ६५ बर्षिया कैलाश (नाम परिवर्तित) बाबुले लामो समयदेखि आफ्नी ३८ बर्षिया छोरी प्रिति (नाम परिवर्तित) लाई मानसिक यातना दिदैँ आइरहेका रहेछन् ।
उनी बाबु भएपनि आफ्नी छोरीलाई अश्लील तस्बिर र सन्देश पठाइ यौनसम्पर्कका लागि उक्साइरहेका रहेछन् । सहनै नसक्ने भएपछि प्रिति प्रहरीको सरणमा पुगेकी हुन् ।
‘पीडित र पीडकबीच अति निकट पारिवारिक सम्बन्ध छ,’ महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘हामीले अनुसन्धान पूरा गरेर कानुनी प्रक्रियाका लागि फाइल अदालत पठाएका छौं।’
अनुसन्धान अधिकारीका अनुसार ६५ वर्षीय कैलाशले छोरी प्रीतिलाई भौतिक रुपमा कुनै हानी पुर्याएका छैनन्। तर सन्देश पढ्दा उनी बाबु हुन् भन्न लाजै लाग्छ।
धेरै समय बेलायतमा रहने कैलाशले दोस्रो विवाह गरेका छन्। दोस्री पत्नीबाट जन्मिएकी प्रीतिसँगै आमालाई उनले भित्राएका हुन्। उनी बेलायतमा काम गर्ने भए पनि समय–समयमा नेपाल आइरहन्थे।