०३ असोज २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित कपन साहित्य समाजले विजयादशमी एवम् दीपावलीको सुखद् अवसर पारेर शुभकामना आदान–प्रदान तथा बृहत् कवि गोष्ठी आयोजना गर्ने भएको छ ।
बूनपाकी उपमेयर रमादेवी राईको प्रमुख आतिथ्यता एवम् बरिष्ठ कवि डा. रामप्रसाद ज्ञवालीको विशेष आतिथ्यतामा आयोजना हुन गईरहेको उक्त गोष्ठीमा बिभिन्न कवि कवियत्रीहरुले कविताका माध्यमबाट देश, समाज र नागरिकहरुलाई केन्द्रमा राखी आफ्नो विचार व्यक्त गर्ने अनुमान गरिएको छ ।
साहित्यिक मनहरुलाई साहित्य समाजको ‘यात्री’ स्मृति सभा कक्षमा असोज ४ गते शनिबार बिहान ठिक ७ः०० बजेबाटै आयोजना गरिने कवि गोष्ठीमा सहभागीताका निम्ति पनि अनुरोध गरेको छ ।
शुभकामना आदान–प्रदानका अतिरिक्त चियापानको समेत व्यवस्था गरिएको कपन साहित्य समाजका अध्यक्ष गणेश कुमार मिश्रले परिवर्तन खबरलाई जानकारी गराएका छन् ।