‘कबड्डी कबड्डी कबड्डी’ बन्यो यो बर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म, पहिलो दिन नै देशभरका हल हाउसफूल



०४ असोज २०७६, काठमाडौँ

यो बर्षको निकै प्रतिक्षित चलचित्र कबड्डी कबड्डी कबड्डी हिजो संविधान दिवसको अवसर पारेर देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । पछिल्लो समयमा नेपाली चलचित्रको व्यापार त्यति राम्रो देखिएको थिएन । आशा गरेका चलचित्रले समेत कमजोर व्यापार गर्दा फिल्मकर्मीहरु निराश बनेका थिए ।

कबड्डी कबड्डी ले हलमा आउन छोडेका दर्शकलाई हलसम्म तान्न सफल भएको छ । त्यतिमात्र नभएर कबड्डी कबड्डी कबड्डी यो बर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म नै कबड्डी कबड्डी कबड्डी बनेको छ ।

कबड्डी कबड्डी कबड्डी ले ग्राण्ड ओपनिङ मात्र गरेको छैन । चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्र निकै राम्रो भएको प्रतिक्रिया दिइरहेका छन् । आज शनिबार भएकाले चलचित्रको व्यापार अझै आक्रमक हुने देखिएको छ ।

राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुमा कब्जा जमाएको यो फिल्मले शुक्रबार क्यूएफएक्स चेनमा बिहानदेखि साँझसम्म ९५ प्रतिशतको आसपासमा अकुपेन्सी कायम गरेको जानकारी प्राप्त छ । क्यूएफएक्सले आफ्नो देशभर छरिएका ९ स्टेशनमा शुक्रबारका लागि कुल ६२ सोज बाँडेको थियो । राजधानीका पाँच स्टेशनमा फिल्मलाई बाँडिएको ३८ सोज शुक्रबार सबै हाउसफुल भए । भने, मोफसलका स्टेशनमा पनि दर्शक भरिभराउ देखिए ।

प्रतिक्रिया दिनुहोस्