०४ असोज २०७६, काठमाडौँ
संविधान दिवस को शुभकाना दिदैँ हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई देशका युवाको चिन्ता रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो समय व्यतित गर्ने युवाहरुलाई देख्दा आफूलाई नरमाइलो लाग्ने बताए ।
प्रधानमन्त्री भन्छन्ः ‘मलाई थोरै चिन्ता केही फुर्सदिलो युवा पंक्तिको पनि छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ’ ।
उनले युवाहरुको यो उमेर भनेको केही गर्ने उमेर भएको बताए । उनले आफ्नो समय यत्तिकै खर्चनु भन्दा केही गरे आफ्नै भविष्य राम्रो हुने पनि बताएका छन् ।