अमेरिकामा ४ चिनियाँ पर्यटकको मृत्यु



०४ असोज २०७६, काठमाडौं

अमेरिकामा ४ चिनियाँ पर्यटकको मृत्यु भएको छ।

अमेरिकाको ब्रायस कन्योन नेशनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो। राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको बसमा ३० जना यात्रु रहेका थिए।

टोलीले चार जनाको मृत्यु भएको र अरु १२ देखि १५ जना गम्भीर घाइते भएका बताए। घाइतेहरुलाई उपचारका लागि घटनास्थल नजिकै रहेको अस्पतालमा भर्ना गरिएको छ।

कतिपय जटिल घाइतेलाई भने एम्बुलेन्स मार्फत् अन्यत्र लगिएको अधिकारीहरुले जनाएका छन्। स्थानीय समय अनुसार बिहान ११ः३० मा ब्रायस कान्योन देखि ५.६ किलोमिटर टाढा बस दुर्घटनाग्रस्त भएको सिन्ह्वाले जनाएको छ।

दुर्घटना भएको दुई मिनेटपछि आफूहरुलाई फोन आएको गस्ती टोलीका अधिकारीहरुले जनाएका छन्। घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको उनीहरुको भनाइ छ।

अमेरिकाको एक स्वतन्त्र निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्