‘द भ्वाइस अफ नेपाल सिजन २’ को ब्लाइन्ड अडिसन सकियो, हेर्नुहोस कुन कोचको टिममा को–को परे



०५ असोज २०७६, काठमाडौँ

हिमालयन टेलिभिजनबाट प्रशारण हुने चर्चित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ को ब्लाइन्ड अडिसन सकिएको छ । विगत एक महिनादेखि चलिरहको ब्लाइन्ड अडिसन हिजोबाट सकिएको छ भने सबै कोचको टिममा १६–१६ जना प्रतियोगी परेका छन् ।

सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रुपमा काम गरिरहेका दीप श्रेष्ठको टिममा अंकित, डम्बर, धर्मा, कविराज, निर्मला, रजनी, राम, रमा, शिवा, आकांक्षा, विकास, विनय, पृथ्वी, सुमन, सुनिल र सुरज परेका छन् ।

त्यस्तै, मिठो स्वर र मिठो मुस्कानका धनी राजु लामाले पनि आफ्नो टीममा आशलाग्दा प्रतिभाहरु पाएका छन् । टिम राजुमा भने अनुशा, बैशाली, विजय, गीता, करण, कुमार, प्रेक्षा, रेवन, समीर, सनिश, संजय, शसिका, श्रवण, सम्झना, श्रृष्टि र अन्जु छनोट भएका छन् ।

चलचित्रको पाश्र्व गायनसँगै आधुनिक गीत गायनमा निकै व्यस्त प्रमोद खरेलले पनि मिठो बोलीले आफ्नो टिममा राम्रा प्रतिभाहरुलाई तान्न सफल भएका छन् । प्रमोदको टिममा जमिर, कमल, मधु, मेचु, प्रवेश, सैकिरण, सजन, सदिक्षा, शुसान्त, सुश्मा, बलबहादुर, विमोचना, विशाल, राजिव, सौगात र अमित छन् ।

गायिका आस्था राउतको टिममा भने आरिफ, झुप्री, कुमा, नविना, राजिव, रिता, सविना, सम्झना, सोनिया, सुरज, यान्की, अजेश, अनिश, जमुना, राहुल र श्रृखला छन् ।

ब्लाइन्ड अडिसनमा सबै कोचले निकै उत्कृष्ट प्रतियोगीहरु पाएका छन् । ब्लाइन्ड अडिसनबाट प्रतियोगी छान्न कोचहरुलाई मुश्किल थियो । तर यसपछि सुरु हुने ब्याटल राउण्ड अझै धेरै गाह्रो रहेको छ । जहाँ कोचहरुले आफ्नै टिमका २ प्रतियोगीहरुबिच प्रतिस्पर्धा गराएर दुईमध्ये १ लाई मात्र छान्नुपर्ने हुन्छ ।

पहिलो बर्षको तुलनामा यसपटक भ्वाइसको नियम केही फरक भएका छन् भने दुई कोचहरुहरु पनि परिवर्तन भएका छन् । द भ्वाइस अफ नेपाल सिजन १ मा कोचको रुपमा दिप श्रेष्ठ, प्रमोद खरेल, अभया सुब्बा र सनुप पौडेल थिए भने यसपटक कोचको रुपमा पुरानै कोच दिप र प्रमोदका साथ आस्था राउत र राजु लामा थपिएका छन् । अर्को हप्ताबाट द भ्वाइस को ब्याटल राउण्ड सुरु हुदैँछ ।

प्रतिक्रिया दिनुहोस्