भ्रष्टाचारीलाई गोली ठोक्न राष्ट्रपतिको निर्देशन



०५ असोज २०७६, काठमाडौं

फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटरटेले देशमा भ्रष्टाचार उन्मुलन गर्न जनताले भ्रष्टाचारीविरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताएका छन्।

राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरी गोली ठोक्न सार्वजानिक कार्यक्रमबाटै आग्रह गरेका हुन्। भ्रष्टाचार गर्नेलाई जेलको सजाय मात्रै पर्याप्त नहुने भएकाले उनीहरुलाई शारीरिक रुपमै कारबाही गर्नुपर्ने उनले बताए।

सेवाग्राहीसँग घुस माग्ने कर्मचारीलाई तत्काल थप्पड हान्न उनले जनतासमक्ष आग्रह गरेका हुन्।

कठोर प्रवृतिका मानिने फिलिपिनी राष्ट्रपति डुटरटेलाई लागूऔषध विरुद्धको अभियान चलाउँदा कारबाहीस्वरुप करिब ३४ सय मानिसको हत्या गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्