मोदीको स्वागतमा ट्रम्प, स्टेडियम बाहिर विरोध



०६ असोज २०७६, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि टेक्सासमा आयोजना गरिएको र्‍यालीमा सहभागी भएका छन्।

विदेशी नेताहरुको स्वागतका लागि अमेरिकामा विरलै हुने र्‍यालीमा राष्ट्रपति ट्रम्प सहभागी भएका हुन्। ५० हजारभन्दा बढी भारतीय मुलका अमेरिकी नागरिक र गैरआवासीय भारतीयहरु ह्युस्टन शहरको एनआरजी स्टेडियममा भेला भएका थिए।

तर, स्टेडियम बाहिर भने हजारौंले प्रधानमन्त्री मोदीको विरोध गरेका थिए। उनीहरुले सरकारले भारतमा रहेका अल्पसंख्यक समुदायको मानवअधिकार हनन् गरेको आरोप लगाएका हुन्।

मोदीले भारत प्रशासित कश्मीरको हितका लागि संविधानको आंशिक स्वायत्तता खारेज गरेर नयाँ व्यवस्था लागू गरेको पनि स्पष्ट पारे ।

यसैबीच कांग्रेस नेता आनन्द शर्माले प्रधानमन्त्री मोदीले परराष्ट्र नीतिविरुद्ध अमेरिकामा राष्ट्रपतिको चुनावी प्रचारमा लागेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्