कसले गर्यो नायिका निता ढुङ्गानाको फेसबुक ह्याक ?



०७ असोज २०७६, काठमाडौँ

पछिल्लो समयमा कलाकारको फेसबुक ह्याक हुने क्रम बढ्दो छ । यस्तै नायिका निता ढुङ्गानाको पनि फेसबुक ह्याक भएको छ । म्यासेन्जरमा आएको एक लिंक खोल्दा उनको फेसबुक ह्याक भएको हो ।

नायिका निता ढुङ्गानाको फेसबुक गत शनिबार रातिदेखि ह्याक भएको हो । उनले यदि आफ्नो फेसबुक आइडीबाट कुनै प्रकारका लिंक आएमा त्यसलाई नखोल्नको लागि सबैलाई आग्रह गरेकी छिन् ।

कसले र किन निताको आइडी ह्याक गर्यो, त्यो भने थाहा छैन । निता अहिले आफ्नो पुरानो फेसबुक बनाउने प्रयास गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्