०७ असोज २०७६, काठमाडौँ
कक्षा ११ को नतिजा आज सार्वजनिक भएको छ । लामो समयदेखि नतिजा सार्वजनिक हुने कुरा थियो । तर आज भने नतिजा सार्वजनिक भएको छ । गतबर्ष बैशाख २९ देखि जेठ ८ सम्म कक्षा ११ को परीक्षा भएको थियो ।
यो बर्ष अघिल्लो बर्षको तुलनामा कक्षा ११ र १२ को नै नतिजा ढिलो सार्वजनिक भएको हो । देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी रहेका थिए । जसमा नियमित तर्फ ३ लाख ४९ हजार ६०३ र आशिंक तर्फ १ लाख ४२ हजार ३४५ सहभागी थिए ।
परीक्षामा २ हजार ३१९ ले जिपिए ३.६१ देखि ४,१३ हजार ७७२ ले ३.२१ देखि ३.६० जिपिए, ३२ हजार २५३ ले २.८१ देखि ३.२० जिपिए प्राप्त गरेका छन् ।
यस्तै, ५४ हजार ८१६ ले २.४१ देखि २.८० जिपिए, ८४ हजार २३९ ले २.०१ देखि २.४० र ८९ हजार ६५० ले १.६१ देखि २.२० जिपिए ल्याएका छन् ।
यस्तै, ४३ हजार ३७ ले १.२१ देखि १.६० जिपिए, ८ हजार १७१ ले ०.८१ देखि १.२०, २१ हजार ३४६ ले ० देखि ०.८० जिपिए ल्याएका छन् ।