तामाङ समाज अमेरिकाको प्रथम साधारण सभा न्युयोर्कमा सम्पन्न



०७ असोज २०७६, न्युयोर्क

तामाङ समाज अमेरिकाको प्रथम साधारण सभा सम्पन्न भएको छ । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङले तामाङ संस्कृति अनुसार छ्युमे बालेर साधारण सभाको उद्घाटन गरेकी थिईन् ।

साधारण सभालाई समाजका संरक्षक एवं स्थानीय एल्म्हर्स्ट हस्पिटलका बोर्ड सदस्य लुईसाङ वाईबा तामाङ, अर्का संरक्षक शान्त बाबु थोकर, तामाङ बौद्ध तथा सांस्कृतिक केन्द्रका अध्यक्ष ईन्द्र तामाङ र गैर आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बाबुराम लामाले गरेका थिए ।

एक दिवसीय साधारण सभाको बैठकले संस्थाका अध्यक्ष सानुमाया तामाङले प्रस्तुत गरेको संस्थाको भावी योजना तथा कार्यक्रम सम्बन्धि प्रतिवेदनलाई साधारण सभाले सर्बसहमति रुपमा अनुमोदन गरेको छ । त्यसै गरेर संस्थाका महासचिव बुद्धिमान तामाङले प्रस्तुत गरेको वार्षिक प्रतिवदन परिमार्जन सहित पारित भएको छ भने कोषाध्यक्ष फुरु लामाले प्रस्तुत गर्नु गरेको आर्थिक प्रतिवेदनलाई समेत परिमार्जन सहित साधारण सभाले अनुमोदन गरेको छ ।

प्रथम साधारण सभाले संस्थाको विद्यानलाई आवश्यक परिमार्जन गर्दै कार्यकारिणी बोर्डमा केही फेरबदल गरेको जानकारी समाजका नव(निर्बाचित महासचिव विनिता तामाङले एक प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएकी छिन् ।

वर्तमान कार्यकारिणी बोर्डको नामावली :
अध्यक्ष :
 सानुमाया तामाङ
वरिष्ठ उपाध्यक्ष : सुमित्रा योन्जन
उपाध्यक्ष : बुद्धिमान तामाङ
महासचिव : विनिता तामाङ
सचिव : रोजबहादुर घिसिंग
कोषाध्यक्ष : तुलबहादुर तामाङ
सह-कोषाध्यक्ष : सजुन थोकर

बोर्ड अफ डिरेक्टर्स
फुरु लामा
विष्णु तामाङ
अरुणा रुम्बा
रिनु तामाङ
युनिशा थिङ्ग
सुरेन्द्र तामाङ
दिलमाया तामाङ
राजु ब्लोन
दिपेनशा लामा
नरराज (चन्द्र) लामा
सन्तबहादुर तामाङ
कुङ्गा दोर्जी लामा

त्यसै गरेर संस्थाको संरक्षक समितिलाई समेत चुस्त बनाइएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

संस्थाको वर्तमान संरक्षक समिति यस प्रकार छ :

लुईसाङ वाईबा तामाङ
शान्त बाबु थोकर

तामाङ समाज अमेरिकाको मुखपत्र

प्रतिक्रिया दिनुहोस्