‘पोई पर्यो काले’ को रोमान्टिक गीतमा आवाज दिदैँ प्रेम परियार



०८ असोज २०७६, काठमाडौँ

चलचित्र नाई नभन्नु ल २ मा ‘तिमीसँग जिउने मर्ने’, ‘यी आखाँमा तिमी छौँ’ र ‘मर्ने कसैलाई रहर हुदैँन’ बाट एकाएक चर्चामा आएका गायक हुन् प्रेम परियार । उनले आफ्नो सांगितीक यात्राको सुरुवात बाल गायकबाट गरेका हुन् ।

उनको मधुर स्वरलाई दर्शकले अत्यन्तै रुचाए । ‘नाई नभन्नु २’ मा उनले गाएका सबै गीत आजपनि दर्शकको लागि औधी प्रिय छन् । उनले उक्त गीतहरुबाट अवार्डहरु पनि जितेका छन् । पछि उनको पढाईका कारण र आफ्नो आवाज बद्लिएका कारण सांगितीक क्षेत्रबाट केहीसमयको लागि ब्रेक लिएका थिए ।

प्रेमले ‘नाई नभन्नु ल २’ मा गाएपछि ‘नाई नभन्नु ल ४’ को ‘कसम हामीले खाएका थियौँ’ गीत गाएका थिए । जुन गीतलाई पनि दर्शकले निकै रुचाए । अहिले लामो समयपछि प्रेमले चलचित्र ‘पोई पर्यो काले’ को एक रोमान्टिक गीतमा आवाज दिने भएका छन् । प्रेम यो क्षेत्रमा आफू सधैँ रहिरहन चाहने बताउँछन् । दर्शकको मायालाई हराएर जान नदिने उनको सोच रहेको छ ।

प्रतिक्रिया दिनुहोस्