०८ असोज २०७६, काठमाडौँ
संयुक्त राष्ट्रसंघमा आफ्नो भनाइहरु राख्ने क्रममा स्वीडेनकी १६ बर्षिया वातावरण अभियान्ता ग्रेटा थनबर्गले विश्वभरका नेताहरुप्रति आक्रोश पोखेकी छिन् ।
उनले निकै आक्रोशित हुदैँ नेताहरुले काम भन्दा धेरै भाषण गर्ने गरेको बताइन् । ग्रेटाले नेताहरुको लापरवाहीका कारण समस्या निम्तने गरेको पनि बताइन् । उनले एक नेतालाई मात्र नभएर विश्वभरका नेतालाई इमान्दार भएर काम गर्न आग्रह गरेकी छिन् ।
उनले विश्वका नेताहरुले जलवायु परिवर्तन समस्यामा काम गर्न नसकेको आरोप लगाउँदै नेताहरुले विश्वका मानिसलाई निराश बनाएको बताइन्। उनले न्युयोर्कमा आयोजित जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलनमा भनिन्,‘तपाइँहरुले हाम्रो सपना, हाम्रो बालापन हावादारी भाषणले खोसिदिनु भो।’