पाकिस्तान भूकम्पः मृत्यु हुनेको संख्या १९ पुग्यो, ३०० भन्दा बढी घाइते



०८ असोज २०७६, काठमाडौं

पाकिस्तानमा मंगलबार गएको भूकम्पको कारणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

‘पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म १९ को निधन भएको जानकारी हामीकहाँ आएको छ।’ मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले टेलिभिजनमा भने।

भूकम्पका कारण अन्य ३०० भन्दा बढी व्यक्ति घाइते भएका बताइएको छ। अपरान्ह गएको भूकम्पका कारण पाकिस्तान प्रशासित कश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ।

भूकम्पको पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महशुस भएको थियो।

प्रतिक्रिया दिनुहोस्