०८ असोज २०७६, काठमाडौँ
असोज १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र रातो टिका निधारमा ले सामाजिक कार्यमा पनि सहयोग गरेका छन् । चलचित्रको प्रचारप्रसारको लागि रातो टिका निधारमा टिमले टिमले गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा आश्रित दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई रातो टिका र जमरा लगाएर दशैं मनायो ।
साथै, उपहार स्वरुप नयाँ कपडा पनि प्रदान गरिएको थियो । फिल्मका अभिनेता अंकित शर्मा, अभिनेत्री साम्राज्ञी आरएल शाह, कलाकार रविन्द्र झा र निर्देशक अशोक शर्मासँग दशैं मनाउन पाउँदा अशक्त बालबालिकाको अनुहारमा खुसीको भाव देखिन्थ्यो ।
हिलो पटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा अभिनेत्री साम्राज्ञी भावुक देखिइन् । उनी भविष्यमा तन-मन लगाएर सामाज सेवा गर्ने योजनामा छिन् ।