खानामा मासु नपकाएको निहुँमा श्रीमानले गरे श्रीमतीको हत्या, छोराछोरी भए अलपत्र



०८ असोज २०७६, काठमाडौँ

खानामा मासु नपकाएको भन्दै मातेको सुरमा दियापल सिलगढी बस्ने कृष्ण नेपालीले चक्कु प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । यो घटना असार २ गते घटेको हो ।

आमाले पनि संसार छोडिन् र बुबा पनि जेल परेका छन् । यतिबेला कृष्णका ४ छोराछोरीको बिचल्ली भएको छ । अहिले छोराछोरीलाई उनीहरुकी हजुरआमा पार्वतीले हेरिरहेकी छिन् । नातिनातिनीलाई बिहान बेलुका के खुवाउने भन्ने पिरले यतिबेला हजुरआमालाई चिन्तित तुल्याएको छ ।

ती साना बच्चाहरुको पढाई पनि अहिले अलपत्र परेको छ । बुबाले आँखै अगाडि आमाको बिभत्स हत्या गरेको देखेका कृष्णका छोरा छोरी अहिले कसैसँग बोल्न समेत डराउँछन् । आमाको हत्यापछि बिचल्लीमा परेका उनीहरुको पढाईको जिम्मा दिपायल नगर प्रमुख मञ्जु मलासीले लिने प्रतिवद्धता गरेको पार्वतीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्