०८ असोज २०७६, काठमाडौँ
चलचित्र भारत मा फाइनल भएर पनि चलचित्र छोडेपछि नायिका प्रियंका चोपडा र सलमानको सम्बन्ध बिग्रिएको खबर बाहिर आएको थियो । हुन पनि त्यसबेला सलमान प्रियंकासँग केही रुष्ट थिए ।
तर प्रियंकाले आफ्ना् सलमानसँग कुनै दुश्मनी नभएको बताइन् । उनले सलमान आफ्नो विवाहको पार्टीमा समेत सामेल भएको पनि बताइन् । प्रियंकाले आफ्नो समय नमिलेको कारण सलमानसँग सल्लाह गरेर नै चलचित्र भारत छोडेको समेत बताइन् ।
उनले सलमानकी बहिनी उनकी मिल्ने साथी भएकाले सलमानको घर आफू गइरहने बताइन् । प्रियंकाले सलमान निकै मेहेनती कलाकार भएकाले उसँग काम गर्न आफू सधैँ नै तयार रहेको समेत बताइन् ।