सक्षम सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न



०८ असोज २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बरिष्ठ साहित्यकार एवम् पूर्वमन्त्री शंकरप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

प्रमुख अतिथी कोइरालाबाट पानसमा द्वीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य सचिव कृष्ण प्रसाद खनाल, संस्थाका वार्षिक प्रतिवेदन अध्यक्ष ङिमा टासी शेर्पा, नीति तथा कार्यक्रम र बजेट संस्थाका प्रबन्ध निर्देशक चित्र कुमार दाहालले प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक कमला देवी भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा सक्षम जेष्ठ नागरिक सम्मान ५ जना, सक्षम शैक्षिक सम्मान तथा पुरस्कार १२ जना, उत्कृष्ट ऋणीमध्येबाट २ जना, उत्कृष्ट कर्मचारी १ जनालाई सम्मान गरिएको थियो ।

सभामा वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, पूर्व सांसद रामहरी खतिवडा र प्रमुख अतिथी शंकर प्रसाद कोइरालाले सहकारीले गरेका राम्रा काम र योगदानको चर्चा गर्दै आफ्नो धारणा राखेका थिए भने वरिष्ठ अधिवक्ता हरि शंकर निरौला, प्राध्यापक डा. शंकरप्रसाद खनाल, सहकारीविद् शम्भु प्रसाद घिमिरे, कानुनी सल्लाहकार कुमारप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्