‘म जेल जान तयार छु’



०९ असोज २०७६, काठमाडौं

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छिन्।

गत १७ जलाइका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले जेल जान तयार रहेको बताएकी हुन्।

‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,’उनले ट्वीटरमा लेखेकी छिन्। साथै, उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट गरेकी छिन्।

आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ।

प्रतिक्रिया दिनुहोस्