१० चक्के ट्रकलाई उपत्यकामा रोक



१० असोज २०७६, काठमाडौं

दशैंको लागि उपत्यकाबाट बाहिरिने यात्रुको सुविधालाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा ठूला सवारी साधनलाई निषेध गरिने भएको छ।

यातायात विभाग र प्रहरीले काठमाडौं आउने १० चक्के सवारी साधनलाई आइतबार (२ गते)देखि १८ गतेसम्म नारायणगढमै रोक्ने भएको हो।

यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ठुला सवारीसाधनलाई प्रवेश निषेध गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमदत्त ढकालले जानकारी दिए।

ठुला सवारी साधनका कारण राजमार्गमा पछिल्लो समय सवारी जाम बढ्दै गइरहेको छ।

चाडपर्वका समयमा सवारीको चाप बढी हुने र ठूला सवारीकै कारण जाम बढ्ने भएकाले उनीहरूलाई रोकिन लागिएको वरिष्ठ उपरिक्षक ढकालले बताए। राति ९ बजेपछि मात्रै ठुला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेश गर्न दिइने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्