भुटानमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटना, २ को मृत्यु



१० असोज २०७६, काठमाडौं

भुटानमा भारतीय सेनाको चीता हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ।

दुर्घटनामा परी दुवै पाइलटको मृत्यु भएको छ। भारतीय सेनाका प्रवक्ता कर्नल अमन आनन्दले भने, ‘भुटानको योङफुल्ला नजिक दिउँसो १ बजे भारतीय सेनाको एक हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ।’

हेलिकोप्टरको सम्पर्क १ बजेपछि टुटेको थियो र लगत्तै दुर्घटनाग्रस्त भयो। दुर्घटनामा मर्ने भारतीय सेनाका एक पाइलट लेफ्टिनेन्ट कर्नल थिए भने अर्का भुटान सेनाका पाइलट भएको भारतको समाचार पोर्टल इन्डिया टूडेले जनाएको छ।

हेलिकोप्टर अरुणाचल प्रदेशको खिर्मुबाट भुटानको योंफुलासम्म जाँदै थियो।

प्रतिक्रिया दिनुहोस्