महिला उद्यमशीलताको लागि सहयोग गर्ने डा. राजन भट्टराईको प्रतिवद्धता



१० असोज २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले तिलगंगा महिला समूहको छैटौ वार्षिक सधारणसभामा  महिला सीप विकास र उद्यमशीलताको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

डा. भट्टराईले सामाजिक काम प्रतिको लगनशीलताको कारण बाग्मती सफाई अभियानमा समूहले पुर्याएको योगदानको प्रशंशा समेत गरेका छन् ।

नेकपा काठमाडौं महानगरका अध्यक्ष निर्मल देउलाले वडा नं ८ को सबैभन्दा लोकप्रिय र क्रियाशील संस्थाको रुपमा तिलगंगा महिला समूह रहेको बताउदै संस्थागत सहयोगको लागि आफ्नो पहल रहने धारणा व्यक्त गरे ।

चक्रपथ अभियानका संयोजक तथा ग्रीन सिटी अस्पत्तालका अध्यक्ष लोकबहादुर टण्डनले सार्वजनिक स्थानमा फोहोर गर्नेहरुलाई कडा कारवाही गर्ने हो भने ९० प्रतिशत फोहोर आफै सफाई हुने बताए ।

बाग्मती सफाई अभियानका अभियन्ता चक्रबहादुुर चन्दले तिलगंगा महिला समूह सामाजिक विकासमा देशकै उधारणीय संस्था रहेको बताउदै संस्थाको अध्यक्ष आशा पाण्डेसँग सहकार्य गर्न पाउनु गर्वको विषय रहेको जानकारी गराए ।

संस्थाकी अध्यक्ष आशा पाण्डेले महिलाहरुको सर्वाङ्गीण विकासको लागि आफूले काम गरिरहेको बताउदै महिलाहरुलाई क्षमता अभिवृद्धि, नेतृत्व विकास, उद्यमशील तलिम संचालन गरि व्यवसायीक बनाउन आवश्यक सहयोग गरिदिन प्रमुख अतिथि डा. भट्टराई लगायतलाई अनुरोध गरिन् ।

डा. राजन भट्टराईले पानसमा दीप प्रज्ववलन गरी उद्घाटन गरेको साधारणसभाको अध्यक्षता आशा पाण्डे र संचालन संस्थाकी कोषाध्यक्ष लीला थपलियाले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्