११ असोज २०७६, काठमाडौँ
नेपाली चलचित्र क्षेत्रमा योगदान दिने पुरानोदेखि नयाँसम्मका ९ नायिकाहरुलाई नवदुर्गा सम्मान गरिने भएको छ । सम्मानित हुने अभिनेत्रीहरुमा नेपालकै पहिलो फिल्म ‘आमा’ का अभिनेत्रीहरु भुवन चन्द तथा बसुन्धरा भूषाल, गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चीता लुइटेल एवं स्वस्तीमा खड्का रहेका छन् ।
राष्ट्रिय नवदुर्गा सम्मान सहित वृहत साँस्कृतिक कार्यक्रम समेत राखिएको छ । साँस्कृतिक प्रस्तुति दिनका लागि एलिशा राई, अञ्जली अधिकारी, यसराज गराज, नरेशविर सिंह, निराजन प्रधान, गम्भिर विष्ट, गजित विष्ट, पवित्रा आचार्य लगायतका कलाकार रहेको आयोजक संस्था मध्ये एक रेजीना फिल्मस् की रेजीना उप्रेतीले बताइन् ।