बस र ट्रक एकआपसमा ठोकिँदा ३६ को मृत्यु



१२ असोज २०७६, काठमाडौं

चीनमा बस र ट्रक एक आपसमा ठोकिँदा ३६ जनाको मृत्यु भएको छ।

आइतबार देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनामा परी अन्य ३६ जना घाइते भएका स्थानीय अधिकारीहरुले बताएका छन्।

स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो। दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए।

यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ सवारसहित आइरहेको ट्रकसँग ठोक्किएको सिन्ह्वाले जनाएको छ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्