१२ असोज २०७६, काठमाडौँ
जाडोबाट बच्नको लागि हामी न्यानो कपडा लगाउने गर्छौ । तर आजभोली मानिसले मात्र नभएर पशुपन्छी र जनावरले पनि कपडा लगाइदिन थालिएको छ ।
यस्तै इङ्गल्याण्डको एक महिलाले आफनो कुखुराहलाई चिसोबाट बचाउनका लागि स्विटर लगाइदिने गरेकी छिन ।
उनले आफनो कुखुराहरुलाई चिसो नलागोस भनेर आफैले बुनेर स्विटर लगाइ दिने गरेकी हुन । यसैगरी यि महिलाले आफ्ना कुखुरा हरुको लागि आफै स्विटर बुन्ने काम गर्दछिन । अन्य कुखुरको लागि स्विटर बेच्ने काम पनि गर्दे आएकी छिन ।
यो तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।