आजबाट नेपाललाई ‘खुल्ला दिसामुक्त देश’ घोषणा गर्दै प्रधानमन्त्री ओली



१३ असोज २०७६, काठमाडौँ

आजबाट नेपाल खुल्ला दिसामुक्त देश घोषणा हुदैँछ । प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रिय सभागृहमा हुन लागेको कार्यक्रममा नेपाललाई खुल्ला दिसामुक्त देश घोषणा गर्न लागेका हुन् ।

यो हामी सबैको लागि निकै खुसीको कुरा हो । त्यतिमात्र नभएर घोषणासँगै नेपाल दक्षिण एसियामै पहिलो खुला दिसामुक्त देश बन्ने छ।

देशका ७७ वटै जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेकाले आज पूरै देशलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ।

नेपालमा ५६ लाख ६० हजार दुई सय १४ घरधुरी छन्। सरकारले सबै घरधुरीमा चर्पी निर्माण भइसकेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्