रेणु दाहालको चरित्र हत्या हुनेगरी सामाजिक सञ्जालमा अश्लील सामाग्री राखेको आरोपमा एकजना पक्राउ



१३ असोज २०७६, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको बारेमा नचाहिदाँ कुराहरु लेखेर उनको बेइजत हुने खालका पोष्टहरु गरिएका छन् । उनका तस्बिरलाई अश्लील बनाएर र उनका बारेमा नचाहिदाँ टिका टिप्पणी गरेर उनको इज्जतमा नै दाग लाग्ने काम अहिले भैरहेको छ ।

यस्तै रेणुको तस्बिर पोष्ट गरेर अश्लील कुराहरु खेलेको आरोपमा चितवनमा ३० बर्षिया पशुपति श्रेष्ठ पक्राउ परेका छन् ।

शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस पोष्टसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्