दिपकलाई आफ्नै बोली भारी !



१३ असोज २०७६, काठमाडौँ

दिपकराज गिरी आजभोली धेरै नै आलोचनामा आउन थालेका छन् । उनी आफ्नो मनमा लागेका कुरा निर्धक्क भएर सामाजिक सञ्जालमा पोष्ट गर्ने गर्छन् । कतिपय अवस्थामा दर्शकले उनका भनाइहरुलाई सपोर्ट गर्ने गरेका छन् । तर आजभोली उनमा धेरै नै घमण्ड देखिएको टिकाटिप्पणी पनि हुन थालेको छ ।

दिपकले केहीसमय अघि रिलिज भएको घाटीभन्दा तल बोलको गीतको आलोचना गरेका थिए । उनले अब कुनदिन नाइटोभन्दा तल भनेर गीत आउन बेर छैन भनेका थिए । त्यसबेला धेरैले उनलाई समर्थन पनि गरेका थिए । अहिले उनको आफ्नै चलचित्रको प्रमोशनल गीत विवादमा छ । दुर्गेश थापाको बिच्च बिच्चमा गीतको शैलीमा छ माया छपक्कै को प्रमोशनल गीत बनाइएको थियो ।

जहाँ एक हरफमा यसपाली त दिपाश्री ब्याउने कुरो छ भनिएको छ । यो लाइनलाई अहिले दर्शकले निकै आलोचना गरिरहेका छन् । यस्तै दिपक भने ब्या हुने कुरा आफूले गीतमा भन्न खोजेको बताइरहेका छन् । तर गीतमा ब्याउने नै भनिएको छ ।

अरुको गीतको चर्को आलोचना गर्न नहिजकिचाउने दिपकले आफ्नै चलचित्रमा भएको गीतको शब्द एकचोटी विचार गनुपर्ने पो थियो की ? अहिले दिपकलाई आफ्नै बोली भारी भैरहेको छ । धेरैले उनलाई अरुले गरेको काम चाहिँ गलत आफूले गरे त्यहि काम चाहिँ सही हो दिपक जी ? भनेर प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्