फिल्मबाट ब्रेक लिदैँ आयुष्मान खुराना



१३ असोज २०७६, काठमाडौँ

आयुष्मान खुराना पछिल्लो समयमा व्यस्त र चर्चित बनिरहेका बलिउड अभिनेता हुन् । उनलाई धेरैले भर्सटाइल अभिनेता भन्न रुचाउँछन् । पछिल्लो समयमा उनले आफूमा निखारता पनि ल्याइरहेका छन् । जसका कारण उनका चलचित्रहरु सफल छन् ।

तर आयुष्मानले केहीसमयको लागि चलचित्र क्षेत्रबाट ब्रेक लिने भएका छन् । चलचित्र क्षेत्र बाहिरबाट हेर्दा जति सहज देखिन्छ, त्यति सहज भने पक्कै पनि छैन । आयुष्मानले लामो समयदेखि आफ्नो परिवारको लागि समय दिन सकिरहेका थिएनन् । एकपछि अर्को चलचित्रमा व्यस्त हुदाँ उनले परिवारलाई समय दिन नसकेका हुन् । त्यसैले पनि अब उनी केहीसमय आफ्नो परिवारसँग बिताउन चाहन्छन् ।

आयुष्मानले आफ्नो छोराछोरी र श्रीमतीसँग समय बिताउने इच्छा भएकाले नोभेम्बरबाट केहीसमयको लागि ब्रेक लिन लागेको बताए । तर उनले कति समयको लागि ब्रेक लिन लागेका हुन् यो कुराको जानकारी स्वयम उनलाई पनि छैन ।

प्रतिक्रिया दिनुहोस्