कारखानामा आगलागी हुँदा १९ को मृत्यु



१३ असोज २०७६, काठमाडौं

चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरको एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ जनाको ज्यान गएको छ।

दैनिक आवश्यताको सामाग्री उत्पादन हुने कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा आगलागी भएको त्यहाँको प्रहरी प्रशासनले जानकारी दिएको छ।

आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्