‘अब सडक मानवमुक्त नेपाल घोषणा गर्नेछौं’



१४ असोज २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त नेपाल घोषणा गरिने बताएका छन्।

सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उनले बताए।

सोमबार खुला दिसामुक्त नेपालको घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ। अब छिट्टै सडक मानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं।’

सरकारले २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउने गरी काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्