१३ असोज २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटी कार्यालय बबरमहलमा सचिवालयद्वारा मनोनित काठमाडौं, ललितपर र भरतपुर महानगरका अध्यक्ष र सचिवलाई प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ ग्रहण गराएकी छिन् ।
प्रदेश कार्यालयमा सपथ ग्रहण लिनेहरुको नामावली :
काठमाडौं महानगरपालिका
अध्यक्ष : निर्मल देउला
सचिव : रबिन्द्र श्रेष्ठ
भरतपुर महानगरपालिका
अध्यक्ष : रामप्रसाद न्यौपाने
सचिव : ईश्वर सापकोटा (सुमन)
ललितपुर महानगरपालिका
अध्यक्ष : मञ्जली शाक्य
सचिव : ज्ञानेन्द्र शाक्य
सपथ ग्रहण कार्यक्रममा नेकपा इन्चार्ज, सहइन्चार्जहरु, प्रदेश कमिटी अध्यक्ष, सचिव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
सपथ ग्रहणपछि परिवर्तन खबरसँग काठमाडौं महानगरका अध्यक्ष निर्मल देउला भन्छन्, ‘आजबाट आधिकारीक कमिटीगत जिम्मेवारी प्राप्त भएको छ । कमिटी गठन प्रक्रियाको बारेमा बिगतदेखि नै सरसल्लाह गरिरहेका छौं । एकता टुङ्ग्याउन हामीलाई पनि दवाब छ । सहमतिको नजिक पुगेकाले एकताको बाँकी काम छिट्टै टुङ्गिनेछ ।’