चितवन महानगर प्रमुख रेणु दाहालको हालसम्मका २८ महत्वपूर्ण उपलब्धीहरु



१३ असोज २०७६, काठमाडौं

नेकपाको तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित रेणु दाहालको २६ महिने कार्यकालका मुख्य उपलब्धीहरु सार्वजनिक भएको छ ।

उनले गरेका महत्वपूर्ण कामहरुमा निम्न २८ उपलब्धीलाई उनको सचिवालयले सार्वजनिक गरेको छ ।

जसमा :

१. २ बर्ष नपुग्दै १२५ कि.मी. भन्दा बढी सडक कालोपत्रे ।

२. कृषि तथा वन विश्वविद्यालय रामपुरको स्थापनामा सुरुवात देखि नै पहलकदमी र विकास।

३. अन्तर्राष्ट्रिय गौतम बुध्द रंगशालाको निर्माणको पहलकदमी।

४.अन्तर्राष्ट्रिय सभागृह( सिटी हल) निर्माणको सुरुवात।

५. भरतपुर अस्पतालको भौतिक पूर्वाधार ब्यवस्थापन, महिला र वृद्धवृद्धालाई नि:शुल्क ओपिडी सेवा।

६. विभिन्न विधालयहरुको भौतिक पूर्वाधार निर्माण।

७. तरकारी मण्डीको स्थानान्तरण र बहु-तले ब्यवसायिक भवनको निर्माणको योजना।

८. तीन पांग्रे सवारी ब्यवस्थापन/ ट्राफिक ब्यवस्थापन/ ब्यवस्थित पार्किङ ।

९. भरतपुर महानगरको बजेटमा वृद्धि।

१०. रामपुरमा त्रिभुवन विश्वविद्यालयको आंगिक ‘चितवन ईन्जिनियरिङ कलेज’को स्थापना।

११. विभिन्न महिला समूह र सहकारीहरुको शशक्तिकरण।

१२. कृषक प्रोत्साहन कार्यक्रम ।

१३. सबै वडाहरुमा खेल मैदान निर्माणको योजना।

१४. भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतिको पहलकदमी र सुरुवात।

१५. सरकारी जग्गाहरुको खोजी, संरक्षण र ब्यवस्थापन।

१६.. भूमिहीन सुकुम्बासी जनताहरुलाई जमिन र आवास हस्तान्तरणको सुरुवात र पहल ।

१७. कोरिया संगको सहकार्यमा फोहोरमैला ब्यवस्थापनको गुरुयोजना निर्माण र पहल ।

१८. चितवन राष्ट्रिय निकुञ्ज बाहिर फाउन्डेसन सहितको मेष जाली निर्माणको सुरुवात र पहल ।

१९. हरियो महानगर बनाउने उद्देश्य सहित वृक्षारोपण र गुरुयोजना निर्माण।

२०. ब्यवस्थित बसोबासका लागि निर्माणमा नयाँ मापदण्ड लागू ।

२१. आगामी शैक्षिक सत्रदेखि महानगरको आफ्नै नयाँ पाठ्यक्रम लागू गर्ने तयारी।

२२. सामुदायिक विधालयहरुमा CTEVT अन्तर्गतका संकायहरुको सुरुवात।

२३. सडकहरुको ब्यवस्थापन/ चौडा सडकहरुको निर्माण/ लिंक रोड र रिङ्ग रोड निर्माणको पहलकदमी र सुरुवात।

२४. अव्यवस्थित जग्गा कटिङ्ग र कित्ताकाटमा रोक।

२५. अन्तर्राष्ट्रिय समुदायसंग भरतपुर महानगरको सम्बन्धमा बिकास।

२६.शहरी स्वास्थ्य परियोजनाको सुरुवात।

२७. पर्यटकीय स्थलहरुको संरक्षण, विकास र प्रवर्द्धन।

२८.उत्कृष्ट र नमुना महानगरको घोषणा, पुरस्कृत।

प्रतिक्रिया दिनुहोस्